एसीसी प्रिमियर लिगमा नेपाल आज समूह चरणको अन्तिम खेल खेल्दै छ । नेपालले आज साउदी अरेबियासँग खेल्नेछ । खेल ११ : ४५ बजे सुरु हुनेछ ।
समूह चरणको अन्तिम खेलअगावै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।
शनिबार कतारविरुद्ध ३२ रनको जित निकालेको नेपालले त्यसअघिको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।
लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा साउदी अरेबिया, मलेसिया, हङकङ र कतार छन् ।
समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन र कम्बोडिया छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ