सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ वैशाख ५ गते बुधवारको राशिफल

२०८१ वैशाख ५ गते बुधवार, १७ अप्रिल २०२४ । चैत्र शुक्लपक्ष नवमी तिथि, १७ः५३ बजेपछि दशमी । तिष्य नक्षत्र, ८ः१० बजेपछि अश्लेषा । चन्द्रराशि कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन् । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरूले सम्झौता गर्न सक्छन् । अग्रज तथा सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् । कर्मयोगबाट मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ । बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ । सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । बेहोसीले नोक्सान पुर्याउन सक्छ । नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य धन लाभ हुनेछ । व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । अध्ययनमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । श्रमको उच्च मूल्यांकन हुनाले आम्दानी बढ्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

कर्मका प्रेरक र सहयोगी बढ्नाले कर्मसाधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ । आजको मिहिनेतले भविष्यमा भने नाम र प्रतिष्ठा दिलाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला । बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सुझबुझका साथ काम लिनुहोला । योजनाबिनै यात्रा गर्नुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ । वादविवादमा अघि नसर्नुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

चुनौती अँगाल्नुपरे पनि प्रतिस्पर्धाले भविष्यको बाटो देखाउनेछ । आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ । चुनौती पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ०७:२९