सूचनाको शक्ति - The Power Of Information

        

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० बढी वेबसाइटलाई प्रतिबन्ध

तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि विक्री गर्ने २५० भन्दा बढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको छ । साइबर सेक्युरिटी फर्म ब्रेडशिल्डले उनीहरूलाई कारवाही गरेको हो ।

उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत योन केरेनले सामाजिक सञ्जाल प्लेटफर्म र बजारसँग सम्बन्धित ६ हजार ९०० भन्दा बढी अवैध औषधि हटाइएको बताए । जसमा भारतमा ९९२, इन्डोनेसियामा ५४४, चीनमा ३६४ र ब्राजिलमा ११४ औषधि छन् ।

ओजेम्पिक र जीएलपी–१ को अन्य नक्कली संस्करणहरूसँग जोडिएको घातक प्रभाव बेल्जियम, स्विटजरल्याण्ड, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तिमा नौ देशहरूमा रिपोर्ट गरिएको छ, जहाँ कम्पनीहरूले मोटोपना कम गर्ने दावी गर्छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १०:०३