सूचनाको शक्ति - The Power Of Information

        

सलमान खानको घरमा गोली हान्ने दुवै आरोपित गिरफ्तार

बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपितलाई पक्रन प्रहरी सफल भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूलाई प्रहरीले गुजरातको भुजबाट पक्राउ गरेको हो।

घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले राति अबेर उक्त सफलता प्राप्त गरेको हो।

गुजरात प्रहरीको टोलीले दुवैलाई पश्चिमी कच्छबाट पक्राउ गरेको पुष्टि गरेको छ।

पक्राउ परेकाहरू विक्की गुप्ता र सागर पाल छन्।

सलमानको घरमा गोली हान्ने दुई आरोपित
सलमानको घरमा गोली हान्ने दुई आरोपित

मुम्बई क्राइम ब्रान्चले उनीहरूलाई आज मुम्बई लानेछ। दुवैलाई मुम्बईमा सोधपुछ गरिने छ।

आइतबार अभिनेता सलमानको घरबाहिर मोटरसाइकलमा सवार दुई जनाले गोली चलाएको थिए।

यस मामिलामा ग्याङ्स्टर लरेन्स विश्नोईसँग सम्बन्धित व्यक्तिको नाम पनि सार्वजनिक भएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १०:००

लोकप्रिय