सूचनाको शक्ति - The Power Of Information

        

सुनिल गिरीको गीत ‘कालिगड’ सार्वजनिक

गायक सुनिल गिरीले नयाँ गीत ‘कालिगड’ सार्वजनिक गरेका छन् । गिरीले नयाँ वर्षको अवसर पारेर  सार्वजनिक गरेको गीतमा उनीसँगै मेलिना राईको स्वर छ ।

गीतको शब्दरचना तथा संगीत गायक स्वयंको छ । ‘यो मायाको रूप कति साह्रो मिलेको, कुन कालिगढले छिलेको’ गीतमा युवा–युवतीले एकअर्काको रुपको प्रसंशा गरेका छन् । गीतको भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल रोशन केसीको अभिनय छ ।

आलोक शुक्लाको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन एवं कलर ग्रेडिङ गरेका छन् । भिडियो विक्रम स्वाँरले निर्देशन गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार १७:३९