प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाहलाई प्रहरीले पक्राउ गरेको छ । हत्याको घटनापछि फरार रहेका ५२ वर्षीय शेख नुरुल्लाहलाई १० महिना पछि रौतहट प्रहरीले पक्राउ गरेको हो ।
देवाही गोनाही नगरपालिका १ घर भएका कुख्यात अपराधी नुरुल्लाहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो । नुरुल्लाहलाई प्रहरीले सीमावर्ती राजदेवी नगरपालिका ८ लक्ष्मिपुर बेलविछवा चोक नजिकै पक्राउ गरेको प्रहरीले बताएको छ ।
२०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका १ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहकै योजनामा स्थानीय शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेको प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले जानकारी दिइन् ।
आरोपीद्धय शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई प्रहरीले तत्कालै पक्राउ गर्न सफल भएको थियो तर मुख्य योजनाकार नुरुल्लाह र खलिउल्लाह फरार रहेका थिए ।
मुख्य योजनाकार शेख नुरुल्लाह र खलिउल्ला विरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
माधवनारायण नगरपालिका २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साह मन्दिर परिसरमै बसेर खाना खादै गरेको अवस्थामा २०७७ साल भदौ ३ गते राति ९ बजे उनको देब्रे कन्चटमा गोली हानी भएको हत्या भएको थियो।
उक्त हत्याको घटनामा समेत नुरुल्लाहको संलग्नता रहेको प्रहरीको भनाइ छ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ