सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाको प्रदर्शनमा घाइते भएका बर्दियाका डाँगीको मृत्यु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा घाइते भएका राप्रपाका नेताको मृत्यु भएको छ ।

राप्रपा बर्दियाको मधुवन नगरकार्यसमिति अध्यक्ष ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा आज बिहान ४ बजे छाउनी अस्पतालमा मृत्यु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रदर्शनका क्रममा प्रहरीले हानेको अश्रुग्यासबाट गम्भीर घाइते भएका ६५ वर्षीय डाँगीलाई श्वासप्रश्वास र टाउकोमा समस्या देखिएको थियो।

स्व. नेता डाँगीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज मध्याह्न १२ बजे राप्रपाको केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया लैजाने प्रवक्ता श्रेष्ठले बताए ।

चैत २७ गते विभिन्न ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको राप्रपाको प्रदर्शनमा निषेधाज्ञा क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहरा, अश्रुग्यास र लाठीचार्ज गर्दा ३ दर्जन नेता-कार्यकर्ता घाइते भएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार १३:३९

लोकप्रिय