ओमानमा जारी एसीसी प्रिमियर कपमा वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घट्ने भएको छ । खेल अव १८/१८ ओभरको हुनेछ । दुई/दुई ओभर घट्ने भएको हो ।
खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा सुरु हुने तालिका थियो । तर, वर्षाको कारण ढिलो भयो । वर्षा रोकिएसँगै मैदानमा काम भइराखेको छ । खेल नेपाली समय अनुसार अब १२ : ४५ देखि सुरु हुनेछ ।
नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।
उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ