सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।

हिजो एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार १२:४१