सूचनाको शक्ति - The Power Of Information

        

ट्वान्टी–ट्वान्टी क्रिकेट शृंखलाको तालिका सार्वजनिक

टेस्ट राष्ट्र वेस्ट इन्डिज ए टोलीसँग हुने पाँच खेलको २०–२० शृंखलाको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ए सँगको तालिका सार्वजनिक गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखला अप्रिल २७ देखि मे ४ सम्म हुनेछ । सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेल अप्रिल २७ मा, दोस्रो अप्रिल २८ मा, तेस्रो मे १ मा खेल्नेछ ।

त्यसैगरी चौथो मे २ मा र अन्तिम मे ४ मा खेल हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपअघि
तयारीस्वरूप घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ०८:५७

लोकप्रिय