सूचनाको शक्ति - The Power Of Information

        

एसीसी प्रिमियर कप: नेपाल आज हङकङसँग भिड्दै

एसीसी प्रिमियर कपमा लगातार दुई खेलमा विजयी नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

सोमबार हुने हङकङसँगको भिडन्त बिहान ११:४५ बजे सुरु हुँदैछ।

दुई खेलमा चार अंक जोडेको नेपाल लगातार तेस्रो जितका लागि मैदानमा हुनेछ।

शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो।

प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले चौथो खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ। यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल वैशाख ९ गते हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी-२० एसिया कपका लागि छनोट हुनेछ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ०७:३६

लोकप्रिय