बलिउड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ ।
मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ । गोली चल्दा सलमान आफ्नै घरमा थिए । सलमानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।
घटनाको खबर पाएलगत्तै मुम्बई पुलिस, अपराध शाखा र फोरेन्सिक विशेषज्ञहरूको टोली घटनास्थलमा पुगेको थियो । सलमानको घर बाहिर पनि सुरक्षा बढाइएको छ । आक्रमणकारीहरूको पहिचान गर्न नजिकैको सीसीटीभी फुटेज पनि जाँच गरिँदैछ र मानिसहरूसँग सोधपुछ पनि भइरहेको छ ।
लरेन्स बिश्नोईले मार्च २०२३ मा सलमानलाई धम्की दिएका थिए । बिश्नोईको धम्की पछि सलमान खानको सुरक्षा बढाइएको थियो । उनले महाराष्ट्र सरकारबाट वाई प्लस श्रेणीको सुरक्षा पाएका छन्।
यसअघि सलमानसँग महाराष्ट्र प्रहरीका कर्मचारी बस्ने गर्दथे तर धम्की आएपछि उनलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको छ । यो सुरक्षा घेरामा ११ जना सैनिक सधैं सलमानसँग रहन्छन्, जसमा एक वा दुई कमाण्डो र २ पीएसओ पनि हुन्छन्।
सलमानको गाडी अगाडि र पछाडि एस्कर्ट गर्न सधैं दुईवटा गाडी हुन्छन् । यससँगै सलमानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ रहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ