२०८३ जेठ २६ , मंगलबार 9, June 2026, Tuesday
सुनको मूल्य घट्यो

२२ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

चाँदीको भाउ प्रतितोला १७ सय ५०
सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख २ गते आइतबार

नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ । यसअघि २०८० सालको अन्तिम दिन अर्थात् चैत ३० गते शुक्रबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको थियो । सो दिन छापावाल सुन प्रतितो १ लाख ३९ हजार रुपैयाँ र तेजावी सुन १ लाख ३८ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले घटेर १७ सय रुपैयाँ काउम भएको छ । यसअघि शुक्रबार आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ५० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २०८१ वैशाख २ गते आइतबार