नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाल सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ । यसअघि २०८० सालको अन्तिम दिन अर्थात् चैत ३० गते शुक्रबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको थियो । सो दिन छापावाल सुन प्रतितो १ लाख ३९ हजार रुपैयाँ र तेजावी सुन १ लाख ३८ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले घटेर १७ सय रुपैयाँ काउम भएको छ । यसअघि शुक्रबार आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ५० रुपैयाँ कायम भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ