सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ सालको पहिलो दिन, वैशाख १ गते शनिबारको राशिफल

२०८१ वैशाख १ गते शनिवार, १३ अप्रिल २०२४ । चैत्र शुक्लपक्ष पञ्चमी तिथि, १६ः२७ बजेपछि षष्ठी । मृगशिरा नक्षत्र । चन्द्रराशि वृष, १६ः५९ बजेपछि मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिगो काम थाल्नाले आम्दानीका स्रोत बढ्नेछन् । नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ । अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन प्राप्त हुनेछन् । नियमित काममा मनग्य फाइदा हुनेछ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला । साँझतिर आयस्रोत बढ्नुका साथै दिगो काम सुरुवात हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । सानो प्रयत्नले काम बन्नेछ । बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन् । काम बन्नाले साँझतिर मनग्य धनलाभ हुने देखिन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ । खर्च अभावले सताउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । खर्च लागे पनि लामो यात्रा सम्भावना छ । टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ । साँझतिर आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । भौतिक साधनहरू प्राप्त हुनेछन् । साँझतिर खर्च बढ्नेछ र काममा बाधा पुग्नेछ । केही सञ्चित रकम पनि बाहिरिन सक्छ । परिस्थितिजन्य समस्याले दुःख पाइनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । सामाजिक कामको दायित्व हातलागी हुनेछ । साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ । अरूका काममा समय खर्चनुपर्ला । तापनि आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । समस्या दर्साएर पनि काम बनाउन सकिनेछ । मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ । साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ । पेसा–व्यवसायमा लाभ हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

व्याहारिक समस्याले योजना रोकिन सक्छ । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । काम रोकिने र बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । शरीरमा कमजोरी अनुभूति हुनेछ । अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला । साँझतिर स्थितिमा सुधार आउनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

साथीभाइको आगमनले काममा हौसला जाग्नेछ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ । दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । साँझतिर स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम अवरुद्ध बन्न सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । साँझतिर प्रियजनसँग भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आतिथ्यपूर्ण सम्मान प्रप्त हुने समय छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिए पनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । साँझतिर व्यापार लगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला । आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन् । हठले अप्ठ्यारो पार्न सक्छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ । साँझदेखि व्यापारमा फाइदा र अध्ययनमा प्रगति हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ । साँझतिर सम्बन्ध बिग्रनाले साथीभाइ टाढिन सक्छन् । आफन्तसमेत टाढिने भयले सताउन सक्छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार ०६:११