सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्यमा नयाँ रेकर्ड

वर्षको अन्तिम दिन सुनको भाउमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

चाँदी तोलाको एक हजार चार सय ५०

वर्ष २०८० को अन्तिम दिन आज सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ३६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार रुस र युक्रेनको युद्ध, डलरको भाउ उकालो लाग्नुलगायतका कारणले सुनको भाउले पनि कीर्तिमानी बनाएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण हुँदै आएको छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ ।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँ बढेको छ । हिजो तोलाको एक हजार सात सय रुपैयाँ रहेको चाँदी आज तोलामा एक हजार सात सय ५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अघिल्लो वर्ष चैत मसान्तका दिन सुनको भाउ तोलाको एक लाख १० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार १३:५०