सूचनाको शक्ति - The Power Of Information

        

संयम अपनाउन इरान र इजराइललाई रुसको आग्रह

मध्यपूर्वमा बढ्दो तनावका बीच मस्कोले बिहीबार इरान र इजराइलसँग संयम अपनाउन आग्रह गरेको छ।

दुई इरानी जनरलको मृत्यु हुनेगरी यसै महिनाको शुरुमा भएको हमलालाई लिएर तेहरानले इजराइलविरुद्ध चेतावनी जारी गरेको छ। त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजराइलका लागि ‘कडा’ समर्थन गरेका छन्।

‘यस क्षेत्रलाई अस्थिर हुन नदिन सबैले संयम अपनाउन अत्यन्तै महत्त्वपूर्ण छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारसँग भने। रुसले पहिला गाजामा छ महिनाको युद्धमा इजराइलको निन्दा गरेको थियो।

मस्कोले परम्परागतरूपमा मध्यपूर्वका सबै प्रमुख शक्तिसँग सम्बन्ध कायम राख्ने प्रयास गरेको थियो। यद्यपि गाजा युद्धले इजराइलसँग उसको सम्बन्ध बिग्रिएको छ र उसले पहिलादेखि नै इरानसँग सैन्य र राजनीतिक सम्बन्धलाई सुदृढ बनाइरहेको छ।

दुवै कट्टर प्रतिद्वन्द्वीबीच सम्भावित मध्यस्थताका रूपमा रुससँग सम्पर्क नगरेको पेसकोभले बताए।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार ०७:०९

लोकप्रिय