सूचनाको शक्ति - The Power Of Information

        

प्रतिकूल माैसमका कारण हवाई उडान प्रभावित

 प्रतिकूल माैसमका कारण हवाई उडान प्रभावित भएका छन् । काठमाण्डौमा आज दिउँसोपछि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आन्तरिक उडानका केही जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाजले आकाशमा फन्को लगाउनुपरेको थियो । नेपालगञ्जबाट काठमाण्डौका लागि उडेको बुद्ध एअरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाण्डौका उडेको बुद्धकै जहाज सिमरा नै ‘डाइभर्ट’ भएको छ ।

काठमाण्डौबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्किएको छ । कतार एअरवेज, विमान बङ्गलादेश, इन्डिगो, विस्तारा एअर लगायतका जहाजले दर्जनौँ पटक आकाशमा फन्को लगाएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १९:४६

लोकप्रिय