सूचनाको शक्ति - The Power Of Information

        

आईपीएलमा आज मुम्बई र बैङ्गलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच खेल हुँदैछ। मुम्बईको वानखेडे स्टेडियममा हुने मुम्बई र बैङ्गलोरबीचको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

हालसम्म सिजनमा मुम्बईले ४ खेलमा १ खेलमा मात्रै जित हात पारेको छ भने ५ खेल खेलेको बैङ्गलोरले पनि १ खेलमा मात्रै जित हात पारेको छ। मुम्बई अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा भने बैङ्गलोर दोस्रो स्थानमा रहेको छ।

फाफ डुप्लेसिसको कप्तानीमा रहेको बैङ्गलोर र हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बईबीच आजको खेल हेड टु हेडको हुनेछ। आजको खेलमा जित हात पार्दै दुवै टोली अङ्क तालिकामा सुधार ल्याउन चाहन्छ।

मुम्बई र बैङ्गलोरबीच हालसम्म आईपीएलमा ३४ खेल खेलिएको छ। जसमा मुम्बई बैङ्गलोरमाथि भारी परेको छ। ३४ मध्ये मुम्बईले २० खेलमा जित हासिल गरेको छ भने बैङ्गलोरले १४ खेल जितेको छ।

तर, पछिल्लो ५ खेल हेर्ने हो भने बैङ्गलोर मुम्बईमाथि हाबी भएको देखिन्छ। ५ मध्ये बैङ्गलोरले ४ मा जित हात पारेको छ भने मुम्बईले जम्मा १ खेल जित हात पारेको छ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १२:४३

लोकप्रिय