२०८३ साउन ४ , सोमबार 21, July 2026, Tuesday

दूधकोसीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । भोजपुर । २०८० चैत २९ गते बिहीबार

भोजपुरको आमचौक गाउँपालिका-१० स्थितमा दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो १ बजे आमचोक-६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत २९ गते बिहीबार