सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा सामुहिक नमाज पढेर मनाइँयो इद

मुस्लिम धर्मावलम्बीकाे ठूलाे मध्येकाे चाड इदुल फित्र (इद)मा सामुहिक नमाज पढिएकाे छ ।

नेपालगञ्जको विपीचाेकस्थित मस्जिदमा सामुहिक नमाज पढेर इदकाे शुभकामना आदानप्रदान गरिएकाे हो ।

नमाज पढ्न आसपासका क्षेत्रबाट ठूलाे संख्यामा आएकाए । जसले गर्दाभित्र नअटेर सडकमै नमाज पढिएकाे थियाे ।

इदमा एक महिना निराहर व्रत बसिन्छ । याे बेला दिनमा ५ पटक नमाज पढिन्छ । तरावी पढिन्छ । एक महिनासम्म दिनभरी व्रत बसेका उनीहरूले सामुहिक नमाज पढिसकेर शुभकामना आदान-प्रदान गरेपछि सेवई खाने गर्छन् ।

याे बेला कमाईकाे अढाई प्रतिशत गरिब, विपन्नलाई दिने गरिन्छ । स्थानीय मुनिर खाँले सामुहिक नमाजमा घरपरिवार, समाज, देशकाे शान्तिकाे कामना गरेकाे बताए ।

नमाज पढेर निस्केकाहरूसँग अन्य धर्मका अगुवा पनि विपीचाेकमा पुगेर अंगालाे हाल्दै शुभकामना साटासाट गरेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार ०९:३९

लोकप्रिय