सूचनाको शक्ति - The Power Of Information

        

टिकटक बन्द हुँदा तीन अर्ब घाटा

नेपालमा टिकटक बन्द हुँदा टेलिकम कम्पनीहरुले करिब तीन अर्ब रुपैयाँ घाटा गुमाएका छन् । सरकारले २०८० कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो । हाल (चैत)सम्म टेलिकम सेवा प्रदायक कम्पनीहरुले करिब तीन अर्ब रुपैयाँ आम्दानी गुमाएका छन् ।

काठमाडौंमा प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले आयोजना गरेको कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै एनसेलका लिगत तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले यस्तो जानकारी दिएका छन् । उपाध्यायका अनुसार नेपालमा टिकटक बन्द भएपछि पछिल्लो पाँच महिनामा मात्रै एनसेलले एक अर्ब ४४ करोड रुपौयाँ आम्दानी गुमाएको छ ।

यता सरकारी टेलिकम सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटिसी)ले पनि पछिल्लो पाँच महिनामा एनसेलकै बराबर आम्दानी गुमाएको छ । यसअवधिमा एनटिसीले एक अर्ब ३० करोड रुपैयाँ आम्दानी गुमाएको नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर मधुसुदन दाहालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार ०७:०२

लोकप्रिय