सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० चैत २९ गते बिहीवारको राशिफल

२०८० चैत २९ गते बिहीवार, ११ अप्रिल २०२४ । चैत्र शुक्लपक्ष तृतीया तिथि, १८ः३७ बजेपछि चतुर्थी । भरणी नक्षत्र, ६ः११ बजेपछि कृत्तिका । चन्द्रराशि मेष, ११ः५७ बजेपछि वृष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पेसा–व्यवसायमा प्रशस्त फाइदा हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ । तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । रकम अभावले काम रोकिन सक्छ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । केही काम सम्पादन हुनेछन् । प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर प्राप्त हुने सम्भावना छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सहयोगको नाममा कमजोरी खोतल्नेहरू सक्रिय हुनेछन्. सजग रहनुहोला । सामाजिक जिम्मेवारी बढ्नेछ । फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । तर अरूका लागि बुद्धि खर्चनुपर्ला । रोकिएका काम दोहोर्याउनुपर्ला । मध्याह्नपछि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । आँटले काम पूरा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ भने जोश–जाँगरमा कमी आउनेछ । मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ । तर अवरोध गर्नेहरूले अलमल्याउन सक्छन् । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । दिगो अवसर प्राप्त हुनेछ तर नयाँ कामका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

काम गर्न बिहानको समय अनुकूल छ । व्यापारमा लाभ हुनेछ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले काम रोकिन सक्छ । श्रम परे पनि कामको मूल्यांकन नहुन सक्छ । आहार–विहारमा विशेष सतर्क रहनुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ । मध्याह्नपछि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । काममा साथीभाइको सहयोग जुट्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रतीक्षा गरिएको नतिजा कमजोर देखिए पनि बाधा हट्नेछन् र नयाँ कामतर्फ आकर्षित भइनेछ । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरीमा सुधार आउनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढाउन सकिनेछ । आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ । अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला । मध्याह्नपछि स्थितिमा सुधार आउनेछ । अध्ययनमा भने त्यति समय दिन नसकिएला । नयाँ कामतर्फ आकर्षित भइनेछ । काममा धेरै लाभ उठाउन नसकिए पनि सामान्य समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मध्याह्नपछि भने आफन्तहरू टाढिन सक्छन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । पशुधनबाट सोचेको लाभ उठाउन नसकिएला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेतले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मध्याह्नपछि भने प्रतिस्पर्धा बढ्नेछ र प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ । केही विवादास्पद अभिव्यक्तिले बीचमा समस्या निम्त्याउला । सोचेको समयमा काम पूरा नहुन सक्छ । शुभचिन्तकहरूको साथ जुट्नाले रोकिएका भने काम बन्नेछन् ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार ०६:३८