सूचनाको शक्ति - The Power Of Information

        

ईदमा भोलि सार्वजनिक बिदा दिन मुस्लिम आयोगको सिफारिस

मुस्लिम समुदायको धार्मिक पर्व ईद-उल फित्र (ईद) को अवसरमा सार्वजनिक बिदा दिन मुस्लिम आयोगले सरकारलाई सिफारिस गरेको छ ।

आयोगले गृह मन्त्रालयलाई चैत २९ गते (बिहीबार) पर्ने ईद-उल फित्र (ईद) को अवसरमा बिदा दिन सिफारस गरेको हो ।

‘मुस्लिम समुदायको धार्मिक पर्व ईद-उल फित्र (ईद)को सार्वजनिक बिदा सम्बन्धमा मिति २०८० चैत्र २७ गते मंगलबार नेपालको कुनै पनि भागमा चन्द्रमा नदेखिएकोले रमजान महिनाको ३० दिने सौम व्रत(उपसना) आज पुरा हुने भएकाले भोली मिति २०८०।१२।२९ गते स्वतः ईद-उल फित्र (ईद) मनाइने हुँदा सो उपलक्ष्यमा मिति २०८०।१२।२९ गते बिहिबार सार्वजनिक बिदा घोषणाको व्यवस्था गरिदिनु हुन आदेशानुसार अनुरोध छ।’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १२:५७

लोकप्रिय