२०८३ भदौ २१ , आइतबार 7, September 2026, Monday

एकै वडाका पाँच जनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकमा

भारतको उत्तराखण्ड राज्यको नैनीतालको बेतालघाट नजिक भएको गाडी दुर्घटनामा एकै वडाका पाँच जनाको ज्यान गएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ ।

भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा बेतालघाट नजिकै अस्ति राति भएको गाडी दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका छ जनाको निधनले वडावासीलाई व्याकुल बनाएको वडाध्यक्ष भगन थारूले बताउनुभयो ।

दुर्घटनामा बाँकेका छ, बर्दियाका एक र अर्का एक जना भारतीय नागरिकको ज्यान गएको थियो । वडाध्यक्ष थारूका अनुसार दुर्घटनामा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ टिटिहिरियाको फत्तेपुरगाउँका उदयराम थारू, धिरज थारू र विश्राम थारू, रिहारपुर गाउँका तिलकराम थारू तथा थपुवागाउँका अन्तराम थारू र विनोद थारूको ज्यान गएको छ ।

थपुवा गाउँकै दशरथ थारू र फत्तेपुरका शान्ति थारू घाइते हुनुभएको छ । वडाध्यक्ष थारूले भारतमा दुर्घटना भएकाले त्यहाँको नियम पूरा गरेर शव ल्याउन नेपाल प्रहरी र भारतीय प्रहरीसँग समन्वय गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत २८ गते बुधबार