स्थानीय प्रशासनले सुनसरीका पाँच वटा पालिकामा लगाएको कर्फ्यू हटाएको छ ।
सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकासहित अन्य तीन पालिकामा लागेको कर्फ्यू हटेको हो ।
कर्फ्यू हटे पनि यी क्षेत्रमा भेला, जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।
दुई समूहबीचकाे विवादले उग्र रुप लिएपछि गत शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो । शनिबार भएको सर्वदलीय बैठकमा दुवै पक्ष साम्य हुने सहमति भए पनि प्रदर्शन भएपछि पुनः कर्फ्यू लगाइएको थियो ।
स्थानीय प्रशासनले सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा पूर्णरुपमा कर्फ्यू र इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा आंशिक रुपमा कर्फ्यू जारी गरेको थियो ।
सबै क्षेत्रको कर्फ्यू मंगलबार राति १२ बजेबाट हटेको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ