सूचनाको शक्ति - The Power Of Information

        

अर्घाखाँचीमा ट्याक्सी दुर्घटना, ६ जना घाइते

 अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको  पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो।

घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना भएको  पाणिनी गाउँपालिका–८ का अध्यक्ष रोमनाथ पाण्डेले बताए । दुर्घटनामा परि २ जना बच्चा सहित ६ जना घाइते भएका छन् ।

गाडी सडकबाट अन्दाजी  २०० मोटर तल खसेको थियो । घाइतेको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको  छ। घाइतेहरू कास्की जिल्लाकै रहेको खुलेका छ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ११:३१

लोकप्रिय