इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा पञ्जाबलाई २ रनले हराउँदै हैदराबादले जित निकालेको हो ।
हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रनमा समेटियो ।
पञ्जाबका शशांक सिंहले सर्वाधिक ४६ रन जोडे । यस्तै, आशुतोष शर्माले ३३, सैम करनले २९, सिकन्दर राजाले २८, जितेश शर्माले १९ तथा शिखर धवनले १४ रन बनाए ।
हैदराबादका धुवनेश्वर कुमारले दुई तथा पैट कमिन्स, थंगारसु नटराजन, नितिशकुमार रेड्डी रजदेव उनादकटले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो ।
हैदराबादका नितिशकुमार रेड्डीले सर्वाधिक ६४ रन बनाए । यस्तै, अब्दुल समदले २५, ट्राभिस हेडले २१, अभिषेक शर्माले १६, शहवाज अहमेदले १४ तथा राहुल त्रिपाठीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
पञ्जाबका आर्शदीप सिंहले सर्वाधिक चार, सैम करन र हर्ष पटेलले दुई–दुई तथा कगिसो रबाडाले १ विकेट लिए ।
जारी खेलमा ५ खेल खेलेको हैदराबाद ६ अंकसहित पाँचौँ स्थानमा छ भने समान खेल खेलेको पञ्जाब ४ अंकसहित छैटौँ स्थानमा रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ