सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान : चार प्रदेशमा हल्का वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार आज चार वटा प्रदेशमा हल्का वर्षाको सम्भावना देखिएको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका थोरै तथा बाँकी पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । आज राति गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकीका पहाडी इलाकाका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ०६:०६

लोकप्रिय