सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० चैत २८ गते बुधवारको राशिफल

२०८० चैत २८ गते बुधवार, १० अप्रिल २०२४ । चैत्र शुक्लपक्ष द्वितीया तिथि, २०ः१७ बजेपछि तृतीया । आश्विनी नक्षत्र, ७ः१७ बजेपछि भरणी । चन्द्रराशि मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समय फुर्सदिलो रहनेछ । रचनात्मक काम गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । लोकाचारका पछि लाग्दा खर्च हुन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

काम बनाउन खर्च र दौडधुप गर्नुपर्ने हुन सक्छ । कतिपय सामान जोहो गर्न र अनावश्यक किनमेलमा पनि अधिक खर्च हुनेछ । पेसा–व्यवसायमा कम आम्दानी हुने समय छ । उधारोमा व्यापार गर्नुपर्ला । अरूका लागि रकम खर्चनुपर्ने हुन सक्छ । घर र आफन्तबाट टाढा भइनेछ । प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ । पछिका लागि गरिएका कामबाट भने फाइदा हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ । तारिफयोग्य काम सम्पादन गर्दै नाम र दाम आर्जन गर्न सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । शरीरमा कमजोरी अनुभूति हुनेछ । लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । समस्या दर्साउँदा सहयोगीहरूको साथ–सहयोग पाइनेछ । आसलाग्दो काम रोकिनाले चिताएको फाइदा नहुन सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । गोप्य सूचना बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको चाप बढ्न सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ । आफ्नो क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्छन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । उपहारले काममा उत्साह जगाउनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ । दाम्पत्य सुमधुर रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । स्वास्थ्य–चिन्ताले सताउन सक्छ । अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । परिस्थितिवश आँटेको काम रोकिन सक्छ । नयाँ काममा हतार नगर्नुहोला । गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले अभिभावकसँग सल्लाह लिनुहोला । बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ । अवसरवादीहरूले साइनो गाँसेर लाभ उठाउने चेष्टा गर्नेछन् । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला । नियमित काम सम्पादन भए पनि विशेष काम थाल्न हतार नगर्नुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्नेछन् भने नयाँ काम सुरु गर्न पनि सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । काममा सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सुखद समाचारले उत्साह जगाउनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ०६:०४