२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

डोल्पामा आगो निभाउने क्रममा घाइते तीन नेपाली सेनाको मृत्यु

सत्यपाटी
सत्यपाटी । डोल्पा । २०८० चैत २७ गते मंगलबार

डोल्पाको ठुलिभेरी नगरपालिका-४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीन जना नेपाली सेनाको मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको  छ । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बूढा छन् । यसअघि सोमबार उपचारकै क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको थियो । 

रावलको जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने मगर र बुढाको काठमाडौंको किर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरमै उपचार भइरहेको छ । 

प्रकाशित मिति : २०८० चैत २७ गते मंगलबार