सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर शिक्षा शाखामा तालाबन्दी

बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा शाखामा विद्यार्थी संगठनले तालाबन्दी गरिएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गर्दै नगर शिक्षा शाखामा मंगलबार तालाबन्दी गरेका हुन्।

कोहलपुर नगरपालिका स्तरिय कक्षा ८ को नतिजामा अनियमितता गरिएको र विभिन्न प्रकारका आशंका उत्पन्न भएपछि छानबिनका लागि कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो।

समितिसमेत शंकाको घेरामा रहेको भन्दै पुनः नयाँ समितिको माग गर्दै विद्यार्थी संगठनले नगर शिक्षा कार्यालयमा तालाबन्दी गरेका हुन्।

यस पटक कोहलपुर नगरपालिकामा सीसी क्यामरा जडान गरी कक्षा ८ र कक्षा १० को परीक्षा गराइएको थियो। कोहलपुर नगर शिक्षा शाखाले चैत २३ गते कक्षा नतिजा सार्वजनिक गरेको थियो।

कक्षा ८ को परीक्षाको नतिजालाई लिएर विभिन्न प्रकारको विवाद उत्पन्न हुनुका साथै शिक्षा शाखामा तालाबन्दी गरिएपछि मंगलबार नै नगरपालिकाले सर्वदलीय÷सर्वपक्षीय छलफल कार्यक्रमको आयोजना पनि गर्ने जनाएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १९:१९

लोकप्रिय