सूचनाको शक्ति - The Power Of Information

        

सेयरबजारमा वृद्धि कायमै, भोल्युम पनि उत्साहजनक

आइतबार दोहोरो अङ्कले बढेको सेयरबजारमा आज पनि उल्लेख्य भोल्युमसहित वृद्धि भएको छ ।

आइतबार २२.७५ अङ्कले बढेको सेयरबजार आज थप ९.१९ अङ्कले बढेर २०३६.०१ विन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबारको दिन कुल ४ अर्ब २५ करोड ६६ लाख ७७ हजार ३ सय ३३ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा पोखरा फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्स र इमर्जिङ नेपाल कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले हाराहारीमा वृद्धि भयो ।

मङ्गलबार सर्वाधिक गुमाउनेमा विन लघुवित्त, महुली लघुवित्त, सबैको लघुवित्त र समता लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

आज वित्त समूहको उपसूचक २.७९ प्रतिशतले बढ्दा अन्य समूहको उपसूचक २.४२ प्रतिशत बढ्यो । यसैगरी आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक सर्वाधिक १.४६ प्रतिशतले घट्दा लघुवित्त समूहको उपसूचक १.१४ प्रतिशतले घट्यो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १५:२८

लोकप्रिय