सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य बढ्यो

आज पनि बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

आज चाँदीको मूल्य भने स्थिर

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो ।

सोमबार छापावाल सुन तोलाको १ लाख ३६ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १२:०८