सूचनाको शक्ति - The Power Of Information

        

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि

gofFjif{sf] cfudg;+Fu} cf7 /ft gf} lbg dgfOg] eQmk'/sf] k|l;¢ la:s]6 hfqf cfhb]lv ;'? ePkl5 tf}d9Ldf e}/asf] /y tfGb} :yfgLo afl;Gbf . lnR5jLsfnb]lv dgfpb} cfPsf] of] hfqf a}zfv % ut] ;DkGg x'G5 . tl:j/ M /d]z lu/L, eQmk'/, /f;;

 भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्रा आजदेखि शुरु हुँदैछ ।

हरेक वर्ष नयाँ वर्ष अर्थात् बैशाख १ गतेको चार दिन अगाडि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तानेर बिस्काः जात्रा मनाउने चलन छ ।

तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान भक्तपुरले जनाएको छ । आज भैरवनाथको रथसँगै भद्रकालीको रथ सिङ्गारेर रथ तान्नुअघि रथको अगाडि बेताल विराजमान गराइन्छ ।

त्यस्तै मन्दिरमा रहेको भैरवनाथलाई बाजागाजाको सवारीसहित रथमा विराजमान गराइन्छ । भैरवनाथको रथ तानेर शुरु हुने जात्रा वैशाख ५ गते विधिवत सम्पन्न गरिन्छ । अन्तिम दिन भैरवनाथको रथलाई  एकातिर ६ वटा र अर्कोतिर चार वटा मोटो डोरी राखेर युवाले तानेर पाँंचतले मन्दिर अगाडि पुर्‍याएपछि बिस्का जात्रा सम्पन्न हुन्छ ।

बिस्का जात्राअन्तर्गत चैत मसान्तको दिन भक्तपुर नगरपालिका वडा नम्बर ५ मा रहेको योसिङखेलमा ५५ हात लामो लिङ्गो ठड्याइन्छ । यो लिङ्गो सूर्यमासअनुसार नयाँ वर्षको पहिलो दिन ढालिन्छ । यस्तै बिस्का जात्रा शान्तिपूर्ण बनाउन गुठी संस्थानले आह्वान गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार ११:४४

लोकप्रिय