सूचनाको शक्ति - The Power Of Information

        

जनमत पार्टीका सांसद खान सवार गाडी दुर्घटना

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ ।

काठमाडौंबाट बर्दिया जाने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ को कृष्णभीरमा दुर्घटना भएको हो । खानका स्वकीय सचिव अतिहल्लाह मुसलमानका अनुसार पूर्वखानेपानीमन्त्रीसहित सचिवालयका सदस्यहरू पनि घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको मुसलमानले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १५:०८