सूचनाको शक्ति - The Power Of Information

        

आज सेयर बजार र बैंक–वित्तीय संस्था बन्द रहने

घोडेजात्राको अवसर पारेर सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएका छ ।

उक्त अवसरमा आज सेयर बजार बन्द हुने भएको छ । आज चैत २६ गते सोमबार सेयर कारोबार नहुने भएको छ । केन्द्रीय राजधानी काठमाडौं रहेको सेयर बजार सञ्चालक नेप्से कार्यालय समेत बन्द रहने छ ।

साथै, काठमाडौं उपत्यकाको बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब सेयर बजार मंगलबार चैत २७ गते बिहान ११ बजे खुल्नेछ । आइतबार बजार २२.७५ अंकले बढेर २०२६.८१ अंकमा बन्द भएको थियो।

घोडेजात्राको अवसरमा आज उपत्यका विशेष कार्यक्रम गरि मनाईने भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ०८:४१

लोकप्रिय