२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

आज सेयर बजार र बैंक–वित्तीय संस्था बन्द रहने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत २६ गते सोमबार

घोडेजात्राको अवसर पारेर सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएका छ ।

उक्त अवसरमा आज सेयर बजार बन्द हुने भएको छ । आज चैत २६ गते सोमबार सेयर कारोबार नहुने भएको छ । केन्द्रीय राजधानी काठमाडौं रहेको सेयर बजार सञ्चालक नेप्से कार्यालय समेत बन्द रहने छ ।

साथै, काठमाडौं उपत्यकाको बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब सेयर बजार मंगलबार चैत २७ गते बिहान ११ बजे खुल्नेछ । आइतबार बजार २२.७५ अंकले बढेर २०२६.८१ अंकमा बन्द भएको थियो।

घोडेजात्राको अवसरमा आज उपत्यका विशेष कार्यक्रम गरि मनाईने भएको छ ।

प्रकाशित मिति : २०८० चैत २६ गते सोमबार