हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ७५ अङ्कले बढेर दुई हजार २६ दशमलव ८१ विन्दुमा पुगेको छ ।
आज होटल र व्यापारबाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त र मानुषी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज तारागाउँ रिजेन्सी होटलको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज बजारसँगै कारोबार रकम पनि बढेको छ । एक करोड १२ लाख कित्ता शेयर चार अर्ब २५ करोड ६६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर शेयर ९५ करोड रुपैयाँमा कारोबार भएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ