सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज काठमाडौँमा मार्चपास गर्ने

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज राजधानी काठमाडौँमा मार्चपास गर्ने भएको छ ।

सेवा निवृत्त सैनिकहरूले राजनीतिक उद्देश्यका लागि सङ्गठित रूपमा सडकमा गर्ने लागेको मार्चपास भृकुटीमण्डप, सुनधारा, रत्नपार्क, पुतलीसडक हुँदै पदमोदय स्कुल अगाडि सभामा परिणत हुनेछ ।

सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिड्देन र अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकारीहरूले सम्बोधन गर्ने कार्यतालिका छ । राप्रपाले भने चैत २७ गते काठमाडाैँ केन्द्रित जनप्रदर्शन गर्दै छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतवार १०:०९

लोकप्रिय