सूचनाको शक्ति - The Power Of Information

        

आज आठौँ स्वास्थ्य बीमा दिवस

आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ ।

‘तपाईको स्वास्थ्य हाम्रो अठोट : स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो ।

स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ । आज अन्तिम पालिकाको रुपमा काठमाण्डौको बुढानिलकण्ठमा सेवा विस्तारको शुरुवात हुन लागेको बीमा बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म ७७ लाख ७१ हजारभन्दा धेरै नागरिक आबद्ध भएका छन् । बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाकाअनुसार पछिल्लो जनगणनाको तथ्याङ्कनुसार ३५ दशमलव ८८ प्रतिशत घरपरिवार अनि २६ दशमलव ५४ प्रतिशत नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुगेको छ ।

बीमा नवीकरण गर्ने झण्डै ७० प्रतिशत रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमबाट बीमितलाई न्यूनतम योगदान रकमका आधारमा स्वास्थ्य उपचार सुविधाको व्यवस्था छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतवार ०९:३५

लोकप्रिय