सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका एकसय ३० अनाथ बालबालिकालाई कपडा उपहार

नेपालगन्जका एकसय ३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्वका लागि कतार च्यारिटिले कपडा, जुत्ता लगायतका उपहार सामग्री प्रदान गरेको छ ।

अनाथ बालबालिकाले पनि अन्य बालबालिकाजस्तै ईद पर्वको खुशियाली मनाउन भन्ने उद्देश्यले सो उपहार प्रदान गरिएको कतार च्यारिटीका सामाजिक सुरक्षा अधिकृत जाहिद खानले बताउनुभयो ।

उहाँले मुस्लिम समुदायको महान पर्व ईदलाई उत्साहका साथ मनाउन ७७ जना बालक र ५३ जना बालिका गरी १३० जना अनाथ बालबालिकालाई जनही चार हजार ४०० रुपियाँ बराबरको कपडा तथा सामग्री प्रदान गरिएको बताउनुभयो ।

ईद उपहार पाएपछि बालबालिका उत्साहित र हर्षित भएका छन् । ईद–उल–फित्र मुस्लिमहरूको सबैभन्दा ठुलो पर्व मानिन्छ । जुन एक महिनाको पवित्र रमजानपछि मनाइन्छ ।

विशेषगरी बालबालिकाहरू यस पर्वको आगमनको उत्सुकताका साथ पर्खाइमा रहेका हुन्छन् । सो अवसरमा कतार च्यारिटीका सहायक सामाजिक सुरक्षा अधिकृत गुड्डी परवीनले बालबालिका र अभिभावकलाई बाल दुव्र्यवहार र शोषणबाट आफूलाई बचाउन सचेत गराउन गुड टच र नराम्रो स्पर्शबारेमा जानकारी गराउनुभएको थियो ।

अनाथ बालबालिकालाई ईदको कपडा उपहार कार्यक्रम बाँके युनेस्को क्लबमार्फत गरिएको कतार च्यारिटिले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतवार ०७:४८

लोकप्रिय