भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति नेपाली क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको सामना गर्दैछ । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो ।
गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । बरोडा भने लिग चरणबाटै बाहिरिएको हो ।
गुजरातको भापिमा हुने खेल दिउँसो २ः४५ बजेदेखि सुरु हुनेछ । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति नेपालले भारत भ्रमण गरेको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ