२०८३ कात्तिक १ , शनिबार 17, October 2026, Saturday
मौसम पूर्वानुमान

पहाडमा हल्का वर्षा, तराईमा हावाहुरी

अहिले कोशी, मधेश प्रदेश लगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहँदा यस्तो भएको हो । विभागका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशका साथै देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी, कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पूर्वी भू–भागका तराई केही स्थानमा हावाहुरीको सम्भावनासमेत रहेको बताइएको छ । त्यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २०८० चैत २५ गते आइतबार