कृषि विकास बैंकले आफ्ना ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले फोनलोन नयाँ सेवा शुभारम्भ गरेको छ । बैंकले ‘एडीबीएल स्मार्ट प्लस एम’ बाट तत्कालै पाँच सयदेखि दुई लाख रुपैयाँसम्म कर्जा लिन सकिने बताएको छ ।
बैंकले ल्याएको यो कर्जा बिना धितो कुनै कागजी प्रक्रिया नगरी लिन सकिने बैंकका कर्जा व्यवस्था तथा ट्रेजरी विभाग प्रमुख सुदिप कुमार दाहालले जानकारी दिए । ‘यो डिजिटल कर्जा सुविधा नियमित आय भएका व्यक्तिले नियमित कारोबारको आधारमा पाउन सक्नुहुन्छ,’ उनले भने ‘ग्राहकले गर्ने कारोबारको आधारमै कर्जाको लिमिट प्राप्त हुन्छ । लोन लिन योग्य ग्राहकले केहि मिनेटमै कर्जा प्राप्त गनृ सक्ने छन् ।’
उक्त लोन लिनको लागि बैंकमा तलबी खाता हुनुपर्ने, बैंकबाट नियमित कारोबार भएको हुनुपर्ने, बैंकसँग भाका नाघेको कर्जा नभएको हुनपर्ने छ । यी मापदण्डको आधारमा बैंकिङ सफ्टवेयरले कर्जाको सीमा तय गर्नेछ । कृषि विकास बैंकमा ३२ हजार तलबी खाता रहेका छन् भने १ लाख ५० हजारले कर्जा उपयोग गरिरहेका छन् ।
कृषि विकास बैंकले ल्याएको उक्त कर्जा सुविधा बैंकको बेसरेटमा पाँच प्रतिशत प्रिमियम थपेर प्राप्न गर्न सकिने पनि उनले जानकारी दिए । कर्जा भुक्तानी गर्दा भुक्तानी अवधिको आधारमा ३, ६, ९ र वर्षदिनमा पनि बुझाउन सकिने व्यवस्था बैंकले मिलाएको छ । कर्जाको भुक्तानी यो भन्दा अगाडि पनि गर्न सक्ने सुविधा बैंकले दिएको छ ।
ग्राहकले आफ्नो मोबाइल बैकिङ एपबाट प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सहजै यो सुविधा लिनको लागि रजिष्टर गर्न सकिने छ । यसरी फोन लोन सुविधा ल्याउने कृषि विकास बैंक १० औ बैंक हो । बैंकको ७७ वटै जिल्लामा १८० भन्दा बढी शाखा कार्यालय, १२९ एटीएम, मोबाइल तथा इन्टरनेट सेवामार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं