ढाड दुख्ने समस्या हामी सबैले जीवनको कुनै न कुनै समयमा भोगिरहेका हुन्छौं । हरेक १० जनामा ८ जनाले आफ्नो जीवनकालमा ढाड दुख्ने समस्या भोग्नु परेको हुन्छ ।
सामान्यतः ढाड दुखाइ उमेर बढ्दै गएपछि देखिन्छ, तर अहिलेको अवस्थामा ढाड र कम्मर दुखाइ युवा अवस्थामा देखा परिरहेको छ । ढाडको दुखाइ हुनु भनेको मेरुदण्डको हड्डी, नसा च्यापिँदा, त्यहाँको कुरकुरे हड्डी यानिकी डिस्क वा सम्बन्धित मांसपेशीको दुखाइ नै हो ।
यस्तो दुखाइ छोटो समयको लागि वा लामो समयको लागि पनि हुन सक्छ । मेरुदण्डको लामो दुखाइले मानिसको दैनिकीमा प्रभाव पार्ने भएकोले यसले अप्रत्यक्ष रूपमा सामाजिक एवं आर्थिक रूपमा नै प्रभाव पारिरहेको हुन्छ । ढाडको दुखाइ धेरैजसो २० देखि ३० वर्षका युवामा देखिने गर्छ । दुखाई सामान्य किसिमको छ भने सामान्य उपचारले नै निको पार्न सकिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं