सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० चैत २४ गते शनिवारको राशिफल

२०८० चैत २४ गते शनिवार, ६ अप्रिल २०२४ । चैत्र कृष्णपक्ष द्वादशी तिथि, ७ः३७ बजेपछि त्रयोदशी । शतभिषा नक्षत्र, १३ः३२ बजेपछि पूर्वभाद्रपदा । चन्द्रराशि कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा नयाँ काम फेला पर्नेछ । पेसा–व्यवसायमा मनग्य फाइदा हुने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालनबाट विशेष लाभ उठाउन सकिनेछ । चल–अचल धनको उपयोगबाट पनि फाइदा लिने समय छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । दिगो काम प्रारम्भ हुनेछ । विशेष भेटघाटले उत्साह बढाउला । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताले काममा जुट्न नसकिएला । सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा मेहनतको फल प्राप्त हुनेछ । तर धेरै समय फाइदा नहुने काममा जुट्नुपर्ने हुन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । सामान्य काममा धन र श्रम खर्चनुपर्ला । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुन सक्छ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

केही अवसर प्राप्त हुनेछन् । धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ । अतिथिका रूपमा सम्मान प्राप्त होला । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । फजुल खर्च भने बढ्न सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । परिस्थितिवश आँटेको काम रोकिन सक्छ । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

समयमा आलस्य गर्दा दुःख पाइनेछ । बेसुरमा बोल्ने बानीले काम बिग्रने अवस्था आउन सक्छ । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने देखिन्छ । अरूको फाइदाका लागि उपयोग भइएला । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । अरूको सुझावमा भर नपर्नुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार हातलागी हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ । ईर्ष्या गर्नेहरूले पनि सताउनेछन् । पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । अध्ययनमा पनि समय दिन नसकिएला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आफन्तको साथले उत्साह जगाउनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ हुनेछ । समय फुर्सदिलो रहनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रतिष्ठा, मान–सम्मान पाइनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार ०६:५२