सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा ई–सिगरेट बन्द हुने

नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने भएको छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानको नेपालमा सुर्तीजन्य पदार्थको सामाजिक आर्थिक र नीतिगत राष्ट्रिय सर्वेक्षण सार्वजनिक कार्यक्रममा स्वास्थ्य शिक्षा प्रशासक प्रमुख डा.भक्तबहादुर केसीले नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने जानकारी दिनुभयो ।

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने निर्देशिकामा ई–सिगरेट प्रयोग, निर्यात, प्रयोग आयत बन्द गर्ने उल्लेख गरेकाले अब छिट्टै कार्यान्वयनका लागि जाने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो निर्देशिका निस्किसकेपछि नियम, कानुन, ऐनसम्मत नभएको भन्दै मुद्दा दायरा भएको थियो । हालै अदालतले निर्देशिका नियम, कानुन र ऐनसम्मत भएको सफाइ दिएको छ । अब निर्देशिका कार्यान्वयनमा गएपछि ई–सिगरेट नेपालमा बन्द हुन्छ ।”

बन्द गर्न अर्थ मन्त्रालयमा पत्र पठाइसेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार बन्द भइसकेपछि ई–सिगरेट उपभोग, बिक्री, वितरण, उत्पादन, आयत गर्न पाइनेछैन ।

कार्यक्रममा डा.जयकुमार गुरुङले सुर्तीजन्य पदार्थमा लाग्ने अन्तः शुल्कलाई अझ प्रभावकारी बनाउन वर्षेनी कम्तीमा ३५ प्रतिशत वृद्धि गर्न सरकारसमक्ष माग गर्नुभयो ।

 

 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार १५:२४

लोकप्रिय