२०८२ माघ ३ , शनिबार 17, January 2026, Saturday

माओवादी नेता कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत २३ गते शुक्रबार

कोटेश्वरका ब्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका माओवादी केन्द्रका नेता एवं जनमुक्ति सेनाका पूर्व कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको श्रेष्तेदार विष्णुप्रसाद आचार्यले बताए। यसअघि जिल्ला अदालतले सर्वोच्च अदालतबाट सक्कल मिसिल मगाएको थियो।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खाम काठमाडौंको ठमेलबाट पक्राउ परेका थिए। उनलाई प्रहरीले गत मंगलबार राति चितवन ल्याइएको हो। उनी १५ वर्षदेखि फरार थिए।

श्रेष्ठलाई २०६५ वैशाख १५ मा ब्यापारी रामहरि श्रेष्ठलाई अपहरण गरेर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको क्याम्पमा ल्याइएको थियो। त्यसैक्रममा कुटपिटबाट श्रेष्ठको मृत्यु भएको थियो। श्रेष्ठको शव वैशाख २८ विहान नारायणी नदीमा फ्याँकिएको थियो।

२०६५ जेठ ३ गतेश्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति : २०८० चैत २३ गते शुक्रबार