नेपाली बजारमा आज सुनको मूल्य रेकर्ड मूल्यबाट तल झरेको छ । बिहीबार एक हजार रुपैयाँ बढेर रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार १ हजार ३०० रुपैयाँले तल झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १ लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ