२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday
सुनको भाउ घट्याे

रेकर्ड मूल्यबाट घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

चाँदी प्रतितोला ३५ रुपैयाँले घट्याे
सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत २३ गते शुक्रबार

नेपाली बजारमा आज सुनको मूल्य रेकर्ड मूल्यबाट तल झरेको छ । बिहीबार एक हजार रुपैयाँ बढेर रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार १ हजार ३०० रुपैयाँले तल झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १ लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० चैत २३ गते शुक्रबार