सूचनाको शक्ति - The Power Of Information

        

एक बोरा धान लुट्न वृद्धाको हत्या

सर्लाहीमा ७० वर्षकी एक वृद्धाको हत्या भएको छ । बागमती नगरपालिका–४, जिरायतकी ७० वर्षीया पार्वतीदेवीको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षका प्रमोद झा भनिने प्रमोद चौधरीलाई प्रक्राउ गरी सार्वजनिक गरेको हो ।

रौतहटको बृन्दावन नगरपालिका– ५ नरकटिया घर भई हाल सर्लाहीको बागमती क्षेत्रमा मजुरी गरेर बस्दै आएका चौधरीले एक बोरा धान लुट्नको लागि पार्वतीदेवीको हत्या गरेको प्रहरीले जनाएको छ । स्थानीय बौधु महतोकी पत्नी पार्वतीको मंगलबार साँझ आफ्नै घरमा विभत्स अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ०७:५९

लोकप्रिय