सूचनाको शक्ति - The Power Of Information

        

पहाडी क्षेत्रमा मूल्यवृद्धि उच्च

पहाडी क्षेत्रमा मूल्यवृद्धि उच्च रहेको पाइएको छ । केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको आठ महिनाको विवरण अनुसार पहाडी क्षेत्रमा वार्षिक उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ५९ प्रतिशत रहेको छ ।

काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८८ प्रतिशत, तराईको चार दशमलव ४२ प्रतिशत, पहाडको पाँच दशमलव ४९ प्रतिशत र हिमालको चार दशमलव ४२ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः सात सात दशमलव ९५ प्रतिशत, सात दशमलव ५० प्रतिशत, छ दशमलव ६७ प्रतिशत र आठ दशमलव शून्य सात प्रतिशत रहेको थियो ।

गत फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव १० प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः सात दशमलव ४४ प्रतिशत, एक दशमलव ९७ प्रतिशत र एक दशमलव ६३ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ६९ प्रतिशतले घटेको छ । गत फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ४४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९५ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८ दशमलव १७ प्रतिशत, तरकारीको १४ दशमलव शून्य सात प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव २२ प्रतिशत रहेको छ ।

त्यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको सात दशमलव ११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११ दशमलव ७९ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ६१ प्रतिशत, विविध वस्तु तथा सेवाको १० दशमलव ६७ प्रतिशत र शिक्षाको सात दशमलव ३१ प्रतिशतले बढेको छ भने यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क एक दशमलव १५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ०७:३०

लोकप्रिय